चितवन । चितवनको रत्ननगरमा रहेको चाउचाउ गोदाममा आगलागी भएको छ। शनिवार दिउँसो रत्ननगर नगरपालिका–१४ मा रहेको एबिसी चाउचाउको गोदाममा आगलागी भएको हो।
आगलागीबाट गोदामको सबै सामान जलेर नष्ट भएको छ । आगो नियन्त्रणमा आएपनि क्षतिको विवरण भने आउन बाकीँ रहेको इलाका प्रहरी कार्यालय रत्नगरले जनाएको छ ।
विद्युत् चुहावट हुँदा आगलागी भएको बताइएको छ । आगो स्थानीय बासी, प्रहरी, भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो।