काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान सफल भयो : डा. महत

कास्की । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफुहरुले पहिलो चरणमा संचालन गरेको राष्ट्रिय जागरण अभियान सफल भएको बताएका छन् । पार्टीले जुन उदेश्यले संचालन गरेको थियो त्यसैको सफलता अभियानले हात पारेको बताए ।

आइतबार नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आब पार्टीले दोस्रो र तेस्रो चरणको कार्यक्रम पनि संचालन गर्ने जानकारी दिएका छन् । उनले अब प्रदेशको निर्वाचन क्षेत्र र नगर एवं गाउँलाई केन्द्रविन्दु बनाएर अभियान सञ्चालन गर्ने बताएका छन् ।

नेता महतले पार्टीले सुरु गरेका जागरण अभियान मार्फत पार्टीको आदर्श, सिद्धान्त र उपलब्धिको विषयमा जनतालाई सुसूचित गराउँदै पार्टीलाई सशक्त र बलियो बनाउने उद्देश्य रहेको स्पष्ट पारेका छन् । उनले भने, ‘आफ्नो पार्टी भित्रका व्यक्तिलाई चरित्रवान बनाउनुका साथै पार्टीलाई बलियो बनाउन अभियानले महत्वपूर्ण भूमिका खल्ने छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार