काठमाडौं । पत्रकारको नाकको डाँडी भाच्ने अभिव्यक्तिले विवादित इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले अन्तत आत्मआलोचना गरेका छन् । आफुले आवेगमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै, आफ्नो अभिव्यक्तिले संचार जगतमा पुगेको चोटप्रति दुःख व्यक्त गरेका छन् ।
मेयर औधरीले आइतबार एक विज्ञप्ति जारी गर्दै अभिव्यक्तिले प्रेस जगतलाई आघात पर्न गएको भन्दै आफ्नो विचार फिर्ता लिएको पनि बताएका छन् ।
उनले आफुहरु भ्रष्ट्राचारविरुद्धको शून्य सहनशिलताको अभियानमा रहेको उल्लेख गर्दै त्यसमा सञ्चार जगतको रचनात्मक भूमिका अपरिहार्य रहेको बताएका छन् । परिर्वतन र सम्वृद्धिको यो यात्रामा सबैपक्षलाई सामेल भइदिन उनले अनुरोध गरेका छन् । आफुहरुको अभियान सफल पार्न संचारको निकै ठुलो भूमिका रहने पनि उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।