ओली सरकार आएपछि सबै बर्बाद भयो– देउवा

गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार आएपछि सबै बर्बाद भएको बताएका छन् । आइतबार गोरखा पुगेका सभापति देउवाले भने, “यो ओली सरकार आएपछि सबै बर्बाद मात्रै भयो, सबै ठाउँमा बिगार्दै गइरहेको छ, सबैका अधिकार खोसेको छ, यो कस्तो शासन गर्न खोजेको ?”

सरकारले काम भन्दा पनि प्रचारबाजी मै बढि रमाएको देउवाको आरोप थियो ।
सरकारले अख्तियार, मानवअधिकार आयोग जस्ता संवैधानिक निकायको अधिकार समेत आफैले खोस्ने गरेको भन्दै पुर्बप्रधानमन्त्री समेत रहेका देउवाले सरकार अधिनायवादतफृ उन्मुख रहेको दावी गरे ।

ओली सरकारले आफ्ना गलत कामहरुको ढापछोप गर्नलाई प्रेसलाई समेत नियन्त्रणमा राख्न खोजिरहेको आरोप लगाए ।
‘सरकारका गलत कामको खबरदारी गर्ने स्वतन्त्र निकायलाई नियन्त्रण गर्नु भनेको अधिनायवाद हो, उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार