काठमाडौं । भारतिय चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्प २०१९ को विजेता सुगन्धा दाते भएकी छन् । भारतिय टिभी च्यानल जि टिभीमा आइतबार साँझ सम्पन्न ग्राण्ड फिनालेमा मुम्बइकी १४ बर्षिय सुगन्धाले अन्य पाँच जना प्रतिस्पर्धीलाई उछिन्दै विजेता भएकी हुन । प्रतियोगिताको सुरु देखि नै दर्शक र निर्णायहरुको मन जित्दै आएकी सुगान्धाले विजेता भएसंगै “सारेगमप लिटिल च्याम्प २०१९” को अर्वाड सहित थुर्पै पुरुस्कारहरु पाएकी छन ।
प्रितम र आयुष तेस्रो र चौथो
प्रतियोगिताको फाइनलमा नेपालका दुई बालक प्रितम आचार्य र आयुष केसी क्रमसः तेस्रो र चौथो भएका छन् । नेपालबाट सहभागी भएका यि दुई प्रतियोगीले पनि प्रतियोगिता अवधीभर दर्शक र जहरुको मन उत्तिकै जितेका थिए ।
प्रितम सुनसरीको इटहरी उपमहानगरपालिका ५ का हुन भने आयुष सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ का हुन ।
प्रितम इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ र आयुष भक्तपुरको मोर्डन बोर्डिङमा कक्षा ७ मा पढ्छन्।
प्रितम २०७३ मा नेपालमा भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए । बलिउडका चर्चित कलाकारहरुले यि प्रितम र आयुषको प्रतिभाको र गायिकीलाई उच्च प्रशंसा गरो थिए । यि दुबै जना प्रतियोगिताको फाइनलमा पुग्नु नै सफलताको रुपमा धेरै नेपालीहरुले लिएका छन् ।