मन्त्री अर्यालको दाबी : गुठी विधेयक संविधान अनुकूल नै छ

काठमाडौं । भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले गुठी विधेयक संविधान अनुकूल नै भएको दाबी गरेकी छन् । सरकारले ल्याएको गुठी समबन्धी विधेयकमा पुरानै कुराहरु समावेश गरिएको बताइन् ।

सोमबार राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस सांसदहरूको अवरोधपछि जवाफ दिदै अर्यालले विधेयकमा विरोध गर्नुपर्ने कुनै बुद्धा नभएको बताएकी छन् ।

उनले भनिन्, गुठी विधेयकमा खासै नयाँकुरा केही पनि छैन्, सबै पुरानो कुराको निरन्तरता हो ।  मन्त्री अर्यालेले संविधानको धारा २९० ले गुठीसँग जोडिएका विषय र गुठीको संरक्षणसँग सम्बन्धित विषयमा कानुन नीति निर्माण गर्ने बताएकी छन् ।

उनले गुठीमा सरकारले हस्तक्षेप गर्ने खालको कुनै कुरा उल्लेख नभएको पनि बताएकी छन् । बाहिर जुन रुपमा प्रचार गरिएको छ त्यो कुनैपनि हालतमा नभएको समेत दाबी गरिन् । साथै उनले गुठी संस्थानलाई प्राधिकरणमा लैजाने कुरा अलिक बैज्ञानिक हिसाबले अगाढी बढाउन खोजिएको स्पष्ट पारेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार