करिब ५८ लाखसहित एक भारतिय नागरिक पक्राउ

बारा । अवैध भारतिय रुपैयासहित बारामा एक ब्यक्ती पक्राउ परेका छन् । स्रोत नखुलेको ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँसहित प्रहरीले भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा नं ११ स्थित पिपरा टोलका २४ बर्षीय वृजकिशोर कुमारलाई पक्राउ गरेको हो ।

बारा सुवर्ण गाउँपालिका वडा नं ७ सनफुलवा स्थित दशगजा क्षेत्र नजिकैबाट चेकजाँचको क्रममा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार भारतिय नम्बर प्लेटको मोटरसाइकलमा आउँदै गरेका कुमारलाई चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो।
कुमार उक्त रुपैया शरिरका विभिन्न भागमा लुकाएर राखेका थिए ।

उनको दुवै खुट्टाको पिडूँलामा, कम्मर, पाइन्टको खल्ती, हेल्मेट र मोटरसाइलको डिक्कीमा नेताका गड्डीहरु लुकाएको अवस्था भेटिएको एसपी भट्टराईले बताए । पक्राउ परेका कुमारमाथी अनुसंन्धानगरी कारवाही प्रकृया सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार