काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बार काउन्सिलका अध्यक्ष दरवेश यादवको हत्या भएको छ ।
भारतिय संचारमाध्यमहरुका अनुसार दरवेशलाई उनकै सहयोगी वकिल मनिष शर्माले एक कार्यक्रममा सामेल हुन गइरहेका बेला गोली हानी
हत्या गरेका हुन् ।
अदालत परिसरमा आयोजित स्वागत कार्यक्रममा भाग लिन गइरहेका बेला शर्माले उनीमाथि गोली चलाएका थिए ।
भारतिय प्रहरीका अनुसार दरवेश दुई दिनअघि मात्रै युपी बार काउन्सिलको अध्यक्षमा चुनिएकी थिइन । उनको हत्या किन गरियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।