धर्म कमाउन हज पठाउनेहरु नै भ्रष्टाचारको पापमा लिप्त

काठमाडौं । सरकारले हरेक बर्ष मुस्लिम धर्मावलम्बीहरूलाई हज पठाउन छुट्याउने बजेटमा भ्रष्टाचार हुने गरेको खुलासा भएको छ ।

नेपाली मुस्लिमहरुलाई हज पठाउन सरकारले छुट्याएको रकममा भ्रष्टाचार हुँदै आएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल हज समिति अन्तर्गत कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब लगायत १० जनाविरुद्ध मुद्धा हालेको हो ।

सन् २०१७ मा नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूका हवाई टिकट खरिदमा भ्रष्टाचार भएको अख्तियारको दावी छ । नेपाल हज समितिको सचिवालयले ११ जेठ २०७४।०२ मा आब्हान गरेको बोलपत्रमा युनिभर्सल ट्राभलले ८८ हजार ९९५, हिनाले ९० हजार र सिलिंक ट्राभलले ९५ हजार ३०० रूपैयाँ तिर्थयात्री लैजाने कबोल गरेको थियो । तर सबैभन्दा कम रुपैयाँ कबोल गर्नलाई छाडेर बढी कबोल गर्नेसँग हिना ट्राभल्स एण्ड टुर्सको बोलपत्र स्वीकृत गरेको पाइएको छ ।

अख्तियारले कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐबसहित अतावुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ,मोमिना वानु मुस्लिम, मजिबुल शेष, भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र दाउद हुसैनविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार