काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले सरकारबिरुद्ध काठमाडौंमा आन्दोलनको आँधीहुरी चल्ने बताएका छन् । सरकारले गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता नलिए आन्दोलन भयाभव हुन सक्ने चेतावनी समेत दिए ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद प्रधानले संविधानले गरेको व्यवस्था विपरित सरकारले गुठी सम्बन्धी विधेयक ल्याएको दाबी गरे । सरकारी विधेयकविरुद्ध काठमाण्डौमा दिनहुँ विरोध प्रर्दशन र आन्दोलनहरु भइरहेको भन्दै उनले समयमै सच्चिन सरकारलाई चेतावनी दिए ।