संसदमा थापाको प्रश्न: १० लाख ४४ हजार विद्यार्थी कता हराए ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले शिक्षामा सुधार नभएको भन्दै सरकारको ध्यानआकर्षण गरेका छन् । शिक्षा क्षेत्रमा भइरहेको समस्याको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले २०६४ सालमा एक कक्षामा १३ लाख ३४ हजार विद्यार्थी भर्ना भएकोमा २०७६ सालमा आइपुग्दा कक्षा १२ को परीक्षा दिने जम्मा २ लाख ९० हजार मात्रै रहेका छन् । बीचको समयमा १० लाख ४४ हजार विद्यार्थी कता हराएर भनेर संसदमै प्रश्न उठाएका छन् ।

उनले विद्यार्थीहरु विद्यालय भर्ना भएर मात्रै नहुने भन्दै विद्यार्थीको निरन्तरताका साथै गुणस्तरियतामा पनि जोड् दिनुपर्ने बताएका छन् ।
धेरै विद्यार्थीहरुले शिक्षामा राम्रो गर्न नसकेको समस्या औल्याउदै, देशका ३६ हजारभन्दा बढी प्रारम्भिक बालविकास केन्द्रहरूमा पढाउने शिक्षक समेत योग्य नभएको  बताएका छन् । उनले योग्य शिक्षकले पढाउनुपर्नेमा ८ कक्षा पासले पढाइरहेकाले यो समस्या उत्पदन भएको पनि बताएका छन् ।

देशका धेरै ठाउँमा विद्यालयको भौतिक पूर्वाधार समेत राम्रो नभएकाले पनि पढाईमा समस्या भइरहेको थापाले बताएका छन् । अहिलेको समयमा शिक्षामा सुधार गर्न सकेन भने धेरै विद्यार्थीको भविष्य औन्यौल हुने डर पनि सांसद थापाले औल्याएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार