काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको ५ घन्टामै निर्णय फिर्ता लिएको छ । बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने यातायात व्यवस्था विभागले निर्णय गरेका थियो ।
विभागले देशभर चल्न सार्वजनिक यातायातको भाडादर कायम गरिसकेको थियो । तर, यातायात विभागले थप छलफल गर्न बाँकी रहेको भन्दै निर्णय स्थगन गरेको विभागका निर्देशक प्रेमनाथ सिंहले बताएका छन् ।
भाडा बढाएको विषयमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित गरेपनि, कार्यान्वयन नहुँदै भाडा बढाएको भनेर सरकारको आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्कालका लागि फिर्ता गरिएको हो ।