काठमाडौं । काठमाडौंमा पुनः ‘रात्री बस सेवा’ सुरु गर्ने निर्णय गरेर सरकार आफै पछि हटेको छ ।
असार १ गतेदेखि काडमाडौंमा पुनः रात्री बस संचालन गर्ने निर्णय गरेको ओली सरकार उक्त निर्णयबाट एकाएक पछि हटेको हो ।
बिशेषगरी यातायात व्यवस्था विभागले एकाएक बिहीबार साँझ विज्ञप्ति जारी गर्दै रात्री बस चलाउने निर्णय तत्कालका लागि स्थगित गरिएको जानकारी गराएपछि सरकारको यो निर्णय तत्कालका लागि फेल भएको हो ।
रात्री बस संचालनका लागि भाडादर तोक्नुका साथै कुन कम्पनीले कुन रुटमा चलाउने समेत निर्णय भइसकेको थियो ।
विभागले विभिन्न १२ वटा कम्पनीलाई विभिन्न १८ रुटमा रात्री बस चलाउन अनुमति दिइएको थियो ।
काठमाडौंमा अधिकांश रुटमा राती ८ बजेपछि सार्बजनिक सवारी साधन पाउन सर्बसाधारणलाई गाह्रो हुन्छ । उनिहरु सार्बजनिक सवारी साधन नपाएपछि ट्याक्सीमा चर्को भाडा तिर्न बाध्य हुन्छन् ।