काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले अपराध अनुसन्धान गर्ने प्रहरीमा कानूनको ज्ञान अभाव रहेको बताएका छन् ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको प्रदेश ३, गण्डकी र प्रदेश ५ को अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मलेनमा उनले भने, “अपराध अनुसन्धान गर्ने प्रहरीमा कानून अध्ययनको आव छ, यसमा जोड दिनुपर्छ ।”
अनुसन्धानकर्ता प्रहरीमा प्रयाप्त कानूनको ज्ञान नहुँदा विभिन्न समस्याहरु आउने गरेको उनको भनाई छ ।
प्रतिवादीको पहिचान गर्न सहयोग पुग्ने आधिकारिक प्रमाण बेगर नै अभियोग लगाउने अभ्यासले प्रतिवादी पहिचानमा प्रश्न उठेको महान्यायाधिवक्ता खरेलले बताए ।