काठमाडौं । नेपालमा फेरी महाभूकम्प आउने भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भएका छन् ।
शुक्रबार क्षत्रीलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
भविष्यवाणीका नाममा सर्वसाधरणमा भ्रम र त्रास फैलाउँदै आएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो ।