निर्माणाधीन भवनको ढलान भत्किँदा ३ को मृत्यु, ३ घाइते

दाङ । निर्माणाधीन भवनको ढलान भत्किँदा ३ जनाको मृत्यु भएको छ ।
दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा शनिवार बिहान ढलान भत्किँदा तीन भारतीय मजदूरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेव साहेव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार उक्त घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् । उनिहरुको बुटवलमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार