काठमाडौं । अन्तत सरकारले गुठी विधेयक सच्याउने भएको छ । साताव्यापी विदेश भ्रमण सकेर स्वदेश फर्के लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन् ।
आइतबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गुठी विधेयक सच्याइने बताएका हुन । ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर गुडी विधेयकमा परेको भए, सरकारले त्यो सच्याउँछ, ओलीले भने ।
सरकारले उपत्यकाका रैथानेहरुको धर्म संस्कृती नै धरापमा पार्नेगरी गुठी विधेयक ल्याएको भन्दै उपत्यकावासी आन्दोलित छन् । उनिहरुले तत्काल विधयक खारेजीको माग गर्दै केहि दिनदेखि सडक आन्दोलन गरिरहेका छन् ।