चर्चित होटल हायातमा कर्मचारी आन्दोलित

काठमाडौं । नेपालको चर्चित एवम् पाँचतारे होटल हायात केहि दिन यतादेखि अशान्त छ । होटलमा कार्यरत मजदुरहरु गएको चार दिनदेखि आन्दोलनमा उत्रिएका छन्। आफ्नो सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरण नभएको भन्दै मजदुरहरु आइतबारदेखि काम नै छोडेर हडतालमा उत्रिएका छन् ।

काम छाडेरै आन्दोलनमा उत्रिएको आज चौथो दिन हो। मजदुर आन्दोलनमा उत्रिएपछि होटलको सेवा सुविधा पनि प्रभावित भएको छ।

४ सय जनशक्ती रहेको होटलमा ट्रेड युनियनमा आवद्ध सबै मजदुरहरु आफ्ना माग पूरा गराउन दवाव दिइरहेको आधिकारीक ट्रेड युनियनका अध्यक्ष मुक्ती दाहलले जानकारी दिए।

होटलमा कार्यरतमध्ये ३२० जना मजदुर ट्रेड युनियनमा आवद्ध छन्। विगतदेखि पाउँदै आएका सेवा सुविधा पछिल्लो समय व्यवस्थापनले खोसेको, काम गर्दा अपमानित गरेका कारण आन्दालित भएको उनिहरुको भनाई छ ।

पछिल्लो समय व्यवस्थापनमा आएका चारजना भारतीयहरुले नेपाली श्रमिक तथा कर्मचारीमाथि दुर्व्यवाहर गरेको उनको आरोप छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार