सरकारले नागरिकका अधिकार कुण्ठित हुने कानुन ल्याउदै- गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले नागरिकका अधिकार कुण्ठित हुने गरी एकपछि अर्को कानुन बनाउन लागेको आरोप लगाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले सूचना प्रविधि विधेयक, गुठी विधेयकलगायतका विधेयकद्धारा नागरिकको अधिकारलाई समाप्त पार्ने गरी ओली सरकार अघि बढेको आरोप लगाएका हुन ।

थापाले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा प्रधानमन्त्री केपी ओलीले आफूलाई अभिव्यक्ति स्वतन्त्रता कस्तो हुन्छ भन्ने थाहा भएको बताए पनि देशभित्र भने उल्टो व्यवाहार गरेको सांसद थापाको भनाई थियो ।

सूचना प्रविधि विधेयकमा अमुर्त प्रावधान राखेर सामाजिक सञ्जालमा सामान्य प्रतिक्रिया जनाउँदा पनि जेल जाउनुपर्ने अवस्था आउन लागेको भन्दै सबैलाई सचेत रहन आह्वान सांसद थापाले समेत गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार