काठमाडौं । सरकारले पेट्रोलियम पर्दाथको मुल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ ।