जनताको जनवादी कार्यक्रमसहित अघि बढिरहेका छौं– प्रचण्ड

काठमाडौँ । कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जनवादी कार्यक्रमसहित अघि बढने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको खुलासा गरेका छन् ।

जनयुद्धकालका सहिद रितबहादुर खड्काको १७ औं स्मृतिका अवसरमा सोमबार पार्टी कार्यालय धुम्बराहीमा भएको कार्यक्रममा बोल्दै प्रचण्डले भने, “जनताको जनवादी कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासको नयाँ प्रगतितिर लैजाने बडो प्रस्ट लक्ष्यका साथ पार्टी एकता गरिएको छ, कतिपयलाई यो राम्रोसँग नबुझेर कन्फ्युज पनि हुन सक्छन ।”

पार्टीको दुवैधारका नेताहरुले सर्वसम्मतिले तयार पारी पार्टी सचिवालय र स्थायी समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद र एक्काईसौैं शताब्दीको जनवाद दुवैका सकारात्मक पक्षलाई अघि बढाउँदै लैजाने प्रचण्डले उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले आजको युग सुहाउने गरी पार्टीको सिद्धान्तलाई परिमार्जन र विकसित गर्दै लैजानुपर्नेमा समेत जोड दिएका छन् । उनले दुई पार्टीबीचको एकताबाट ऐतिहासिक र असाधारण कामको सूरुवात भएको दोहो¥याउँदै निराश नहुन सबै पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार