काठमाडौं । बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।
सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएको सनाखत हुन सकेको छैन। जीप सडकबाट करिब ४०० मिटर तल खसेको छ ।