देउवाले किन गरे प्रधानमन्त्रीको युरोप भ्रमणको टिप्पणी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण सकेर मंगलबार स्वदेस फकिएका छन् । भ्रमणका क्रममा उनले विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरुसँग भेटघाट र छलफल गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने प्रधानमन्त्रीको युरोप भ्रमण असफल भएको बताएका छन् । संसदमा विशेष समय लिएर बोल्दै उनले फ्रान्समा कार्यकारी राष्ट्रपतिले भेट नै नदिएको र बेलायतमा कुनै सम्झौता नभएको भन्दै भ्रमण असफल भएको बताएका हुन् ।

उनले आफू प्राधनमन्त्री हुँदा बेलायत गएर विभिन्न सहमति गरेका स्मरण गराउदै, अहिले प्रधानमन्त्रीले केही पनि गर्न नसकेको टिप्पोणी गरेका छन् ।  राजीनामा दिइसकेकी प्रधानमन्त्री टेरिजा मेले के सहमति गर्नेसक्छिन् भन्ने कुरा पनि उठाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार