काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा मागेका छन् । बजेट विनियोजनमा समानता नभएको भन्दै राजीनामा मागेका हुन् ।
मन्त्री थापाले महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको भन्दै अनुशासनको कारबाही गर्नुपर्ने पनि प्रस्ताव गरेका छन्। बुधबार संसदमा बोल्दै मन्त्री थापाले योजना छनौट्मा सबैलाई बराबर गरेर मात्रै नहुने भन्दै, भौगोलिक विकटतालाई पनि ध्यान दिनुपर्ने बताए ।
उनले भने, योजना माग्न जाँदा हप्काइन्छ, हामीले मन्त्रीलाई हेर्नै नहुने भयो। योजना माग्दा अप्काई खाइने भयो, महाराजा साप नहप्काइस्योस् भन्नुपर्ने अवस्था आयो।
थापाले मन्त्री महासेठले आफ्नो जिल्ला धनुषाका लागि पारित गरेका सबै योजनाहरु बताएका थिए । मन्त्री महासेठले उक्त जिल्लामा रणनैतिक योजना मात्रै ७९ वटा राखेको तथा पक्कि पुलका ५९ योजना राखेको थापाले बताए। उनले बाजुरा लगायत २० हिमाली जिल्लामा नयाँ पुल एउटा पनि नपरेको बताए ।
उनले राज्यको स्रोतलाई मनलाग्दी आफ्नो क्षेत्रमा मात्रै लैजाने मन्त्रीलाई अनुशासनको कारबाहीको विषय बनाउनुपर्छ र पदमुक्त गर्नुपर्छ भने । सांसद थापाले उक्त मन्त्रालयले दिएको योजनाको पुस्तक पनि फिर्ता गरेका थिए।










