कांग्रेसले किन बाेलायाे असार २२ गते केन्द्रिय समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रिय समितिको बैठक असार २२ गते बोलाएको छ । आफुले देश व्यापीरुपामा संचालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षालगायतका विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ माथि छलफल, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।

बैठक असार २२ गते विहान ११ बजेका लागि बोलाइएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार