फेरि विवादमा इटहरीका मेयर : पागलखानामा भर्ना गर्न कांग्रेस सांसद कार्कीको माग(भिडियोसहित)

विराटनगर । केही समय अघि पत्रकारलाई दिएको अभिव्यक्तिका कारण विवादित इटहरीका मेयर द्धारिकालाल चौधरी फेरि विवादमा परेका छन् । मेयर चौधरी फेरि पनि आफ्नै अभिव्यक्तिका कारण विवादमा परेका हुन् ।

मेयर चौधरीले सर्वाजनिक मञ्चबाटै महिलाले प्रयोग गर्ने लिपिष्टिक, गर्भ निरोधक औषधी पिल्स पनि यौनधन्दामा लागेको महिलाले खाने भनेर अभिव्यक्ति दिएपछि, उनको अहिले चौतर्फि विरोध भइरहेको छ ।

नेपाली कांग्रेसकी सांसद विन्दिया कार्कीले यस्तो अभिव्यक्ति दिने मेयर चौधरीलाई पागलखानामा भर्ती गर्न आग्रह गरेकी छन् । प्रदेश १ को  शुक्रबार बसेको बैठकको शून्य समयमा उनले महिलालाई लाञ्छना लगाउने गरी मेयर चौधरीले दिएको अभिव्यक्तिले सिंगो महिला जगतको अपमान भएको टिप्पणी समेत गरिन् ।

मेयर चौधरीका विषयमा यस्ता धेरै विषय बाहिर आउँदा पनि नेकपाले यस विषयमा चासो नदिएको भन्दै उनले आपत्ति जनाएकी छन् ।
मेयरको अभिव्यक्तिप्रति महिला समुहहरुले पनि आपत्ति जनाएका छन् । उनीहरुले यस्ता मेयर चाहिदैन् भन्दै तत्काल कारवार्हि गर्न सरकार समक्ष माग समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार