कर्णाली प्रदेशमा किन गरे कांग्रेसले संसद बैठक अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक नेपाली कांग्रेसकाे अवरुद्धपछि केहि समय स्थगित भएकाे  छ। बजेटमाथिको छलफलमा प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थिति नभएको भन्दै बैठक केही समय स्थगित भएकाे हो ।

आर्थिक वर्ष २०७६र०७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री सहभागि नहुँनुलाई उनीहरुले गम्भिर विषय बनाएका छन् । कांग्रस नेता जीवनबहादुर शाहीले बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल गर्दा मुख्यमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने बताएका छन् ।

उनले भने, मुख्यमन्त्री नै उपस्थित भएन भने हामीले हाम्रो कुरा कस्लाई सुनाउनु । उनले असार १ गते पारित भएको बजेटमा अहिलेसम्म पनि छलफल नहुनु दुखत कुरा भएको बताए ।

कांग्रेसको अवरोधपछि बैठक केही समय स्थगित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार