बाँके । भारतीय सिमाक्षेत्रमा रहेका नेपाली गाउँहरु हरेक वर्ष वार्षतमा डुब्दै आएका छन् । पानी धेरै परेपछि आफ्ना गाउँलाई सुरक्षित राख्न भारतले बाँध खोलेपछि नेपाली गाउँहरु डुवानमा पर्ने गरेका हुन् ।
डुबानका कारण नेपालीले हरेक वर्ष ठुलो धनजनको क्षती व्यहोर्नु परिरहेको छ । सोही दृश्य आइतबार बेलुकी बाँकेको नरैनापुरमा देखियो । पानी धेरै परेपछि भारतले बनाएका बाँध खोल्दा बाँकेको राप्तीपारिका गाउँहरु डुबानमा परेका छन् ।
भारतको बाँधजस्तो सडकका कारण पानी कतैबाट पनि निकास नहुँदा पुरै गाउँनै डुबेको स्थानीय कमला विश्वकर्माले जानकारी दिएकी छन्र । नरैनापुर गाउँपालिका भारतीय सिमाक्षेत्रसँगै जोडिएको गाउँपालिका हो ।
पानीले नरैनापुर १,२ र ३ वडा पुरै डुबानमा परेको छ । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटीहा, वहाबपुर्वा, रोसनपुर्वालगायत दर्जनौँ गाउँ डुबानमा परेका छन् । त्यहाँका स्थानीय गाउँ नजिकैको जंगलमा झुप्रा बनाएर बसिका छन् ।
वर्षेने भारतीय सिमाक्षेत्रका बासीन्दाले यस्तो समस्या भोग्दै आएका भए पनि सरकारले भने यो विषयमा खासै चासो दिएको पाइदैन् । भारतको दबदवाहका कारण नेपालीहरुले अनाहकै दुख पाइरहेका छन् ।












