काठमाडौं । विधेयकलाई लिएर चौतर्फि रुपमा विरोध भएपछि गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको छ । आजको बैठकमा भूमिसुधारमन्त्री पद्मा अर्यालको विधेयक फिर्ता लिने प्रस्ताव पास भएको हो ।
हाल कायम रहेका गुठी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्नका लागि सरकारले नयाँ गुठी विधेयक बनाएको थियो । तर, गुठीयाहरुले विधेयक सार्वजनिक भएदेखि नै आन्दोलन चर्काएपछि सरकारलाई फिर्ता गर्न बाध्य पारेको थियो ।








