राष्ट्र बैंकले आजदेखि नयां नोट साट्दै, बैंकमा बिहानैदेखि सर्बसाधारणको भिडं

काठमाडौं । दशै भन्ने बित्तिकै नयां लुगा, मिठो खानेकुरा संगै नयां नोट (रुपैयां) पनि दिमागमा झट्ट आउँछ । दशैमा नयां नोट नभइनहुने त होइन तर, दशैको टिकासंगै दक्षिणा स्वरुप मान्यजनबाट हातमा नयां नोट पाउँदा भने मन हुरुक्कै हुन्छ ।

दशैलाई थप उल्लासपुर्ण बनाउनका लागि नेपाल राष्ट्र बैंकले हरेक बर्ष सर्बसाधारणलाई नयां नोट वितरण (सटही) गर्दै आएको छ । त्यसअनुरुप यसबर्ष आइतबारदेखि शुरु भइ असोज २९ गतेसम्म नयाँ नोट सटही गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार नयाँ नोट रु. ५, १०, २०, ५० दरका नयाँ २, २ प्याकेट र रु. १ सय दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा गरिएको छ । आजदेखि नोट सटही सुरु भएपछि उपत्यकाका राष्ट्र बैकका शाखाहरुमा सर्बसाधारणहरुको घुंईचो लागेको छ । दशैको अवसर पारेर बैंकले सर्बसाधारणसंग रहेका पुराना नोटहरु साट्ने र नयां नोटहरु दिने गर्दै आएको छ ।
नोट सटहीका लागि राष्ट्र बैंकले उपत्यकामा नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटहीको सुविधा दिएको भने राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्यकाभित्र रहेका शाखाहरुबाट समेत सर्वसाधारणले नयाँ नोट सटही गर्न सक्नेछन् भने उपत्यका बाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालयसहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध गराइएको राष्ट्र बैकका प्रवक्ता पौडेले जानकरी दिए । उनका अनुसार यसवर्ष करिब ४० अर्ब रुपैयाँका नयाँ नोटहरु सटही गरिनेछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार