इटहरीका मेयरलाई कारवाही गर्न सांसदको माग

काठमाडौं । पटक पटक अपमानजनक अभिव्यक्ति दिदैं आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारवाही गर्न सांसदहरूले माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले खरब अभिव्यक्ति दिने मेयरलाई कारवाही गर्नुपर्ने माग गरेका हुन् । महिलालाई अपमानजनक शब्द बोल्ने यस्ता मेयर चाहिदैंन भन्दै सांसदले कडा कारवाहिको माग गरेका छन् ।

संसदमा सांसद सीतादेवी यादवले महिलामाथि अपमानजनक शब्द प्रयोग गर्ने यस्ता मेयरलाई तत्काल कारवाही गर्न जोडदार माग गरिन् । नेकपा नेतृ तथा सांसद विन्दा पाण्डेले यस्ता जनप्रतिनिधिका कारण शिर आफुहरुलाई बोल्न पनि अपठ्यारो परेको बताएकी छन् ।

अर्की सांसद लक्ष्मी परियारले इटहरी नगरपालिकाका मेयरले अपमानजनक शब्द प्रयोग गरेर महिलाको इज्जतमाथि खेलवाड गरेको बताइन् ।

उनीहरुले महिलालाई सम्मानित शब्द समेत बोल्न नजान्ने यस्ता जनप्रतिनिधिको काम नभएको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार