काठमाडौं । आज असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवस भव्यताका साथ मनाइएको छ । दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी कोटेश्वर सडक खण्डमा विरुवा रोपेर मनाइएको हो ।
दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नासपतिको विरुवा रोप्दै कार्यक्रमको सुरु गरे ।
कार्यक्रममा उच्चपदस्थ व्यक्ति, संघ संस्थाका प्रतिनिधि, सर्वसाधारणको बाक्लो सहभागिता रहेको थियो ।










