भूकम्पले तहसनहस सिन्धुपाल्चोक सैफगाउँका स्थानीयका घर चार वर्षपछि फेरिए

सिन्धुपाल्चोक । सिन्धुपाल्चोककाे सैफगाउँका स्थानीले चार वर्षपछि नयाँ घर पाएका छन् । २०७२ साल बैशाख १२ गतेको भूकम्पले पिडित सैफ गाउँका १९ परिवारले चार वर्षपछि घर  पाएका हुन् ।

भूकम्पबाट विस्तापित १९ परिवारका लागि अक्सफाम र स्थानीय जनहित ग्रामीण सेवा समितिले जुगल गाउँपालिका वडा नं १ सेलाङको काफ्लेडाँडामा एकीकृत बस्ती तयार पारेपछि सैफगाउँका स्थानीयको मुहारामा खुसी छाएको छ ।

विगत चार वर्ष देखि विस्तापित परिवाहरु खुसी हुँदै नयाँ घरमा गएका छन् । भूकम्पले विस्तापित भएका उनीहरु सरकारी वनमा टहरा बनाएर जीवन विताइरहेका थिए ।

सरकारी जमिनमा घर बनाउन नपाइने भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट दुई लाख लिएर उनीहरुले निजीस्तरबाटै जग्गा खरिद गरेका थिए । उक्त जमिनमा स्थानीयबासी र संस्थाका कर्मचारी मिलेर भूकम्प प्रतिरोधी घर निमार्ण गरिएका छन् ।

घरको प्रकृति हेर्दा सबै परिवारकालागि तीनकोठा र बाथरुमसहित छुट्टाछुट्टै शौचालय छन् । बर्षातको पानी र हिउँदो चिसोमा दैनिकि गुजारीरहेका सैफबासीले न्यानो घर पाउदा निकै खुसी छन् ।

तामाङ समुदायको बसोबास रहेको उक्त गाउँलाई पूननिमार्णका लागि सांसद देखि स्थानीय स्तरका संघ संस्थाले समेत पहल गरेका थिए । घर निमार्णका लागि पहल गर्ने सबैलाई स्थानीयबासीले धन्यवाद समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार