भारतले नेपाललाई तरकारी र फलफूलको विषादी परीक्षण नगर्न किन पठायो पत्र

काठमाडौं । नेपाली बजारमा विक्रिवितरण भइरहेको तरकारी र फलफुल आदि भन्दा धेरै भारतबाट नै आयात गरिन्छ । भारतबाट आउने तरकारी र फलफूललाई विषादी परीक्षण गरेर मात्रै भित्राउनु पर्ने भन्दै नेपाल सरकारले केही दिन अघि निर्णय गरेको थियो ।

नेपालको विषदी परीक्षण गर्ने निर्णयप्रति भारतले असहमति जनाएको छ । भारतीय दुतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै आफुहरुले असहमिति जनाएको बताएको छ । पत्रमा नेपालको सीमा नाकामा आइपुगेका आफ्ना देशको कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न आग्रह गरेको छ ।

दूतावासले असार १४ गते पठाएको पत्रमा भारतीय पक्षले प्लान्ट क्वारेन्टाइन सूचना प्रणाली एवं अन्तर्राष्ट्रिय वनस्पती सुरक्षा महासन्धीअनुसार सीमा नाकामा भारतीय तरकारी र फलफूल बोकेका सवारी साधन रोक्न नमिल्ने जिकिर समते पत्रमार्फत गरेको छ ।

भारतले आफ्ना किसान तथा व्यवसायीले ठूलो नेपालको निर्णयले ठुलो क्षति ब्यहोरेको भन्दै यस्तो काम बन्द गर्न आग्रह गरेको छ । यसअघि दूतावासका अधिकार मन्त्रालयमै गई विषादी परीक्षणको पूर्वाधार नै नभएको अवस्थामा कडाई गरिनु औचित्यपूर्ण नभएको बताएका थिए । भारतीय दूतावासले विषादी परीक्षण गर्नुको कारण पुष्टि गर्न पनि आग्रह गरेको छ ।

सरकारले निकासी–पैठारी आदेश संशोधन गरेर ताजा तरकारी तथा फलफूल आयात गरिँदा भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको थियो ।

असार ३ देखि कार्यन्वयनमा आएको उक्त व्यवस्थापछि भारतबाट नेपाल भित्र्याउन लागिएको तरकारी तथा फलफूल बोकेका ट्रक तथा कन्टेनरहरुको भन्सार जाँच पास रोकिएको थियो ।

यसअघि क्वारेन्टाइन मात्रै परीक्षण हुने नाकामा विषादीको मात्रा परीक्षण अनिवार्य गरिए पछि सुनौली र विराटनगर भन्सार नाकामा तरकारी तथा फलफूल बोकेका भारतीय सवारी रोकिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार