इटा बोकेको ट्रक त्रिशूलीमा खस्दा दुईको मृत्यु एक घाइते

चितवन इटा बोकेको ट्रक त्रिशूलीमा खस्दा दुई जनाको मृत्यु भएको छ । शुक्रबार विहान मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।

ट्रक दुर्घटनाबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

घाइतेलाई उद्धारगरी उपचारका लागि चतवन लगिएको छ । दुर्घटनामा परी मृत्यु भएका र घाइते भएका कसैको पनि परिचय खुल्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार