काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले अति विपन्न भूमिहीन र दलित परिवारलाई आवसका लागि भूमि उपलब्ध गराउने बताएकी छन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा उनले भूमि उपलब्ध गराउनका लागि प्रक्रिया अगाडी बढीसकेकोले आफुले जानकारी गराएको बताएकी हुन् ।
आफुहरुले संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न अति विपन्न दलित समुदायलाई भूमि उपलब्ध गराउन लागेको मन्त्री आर्यलले बताएकी छन् । यसका लागि मन्त्रालयले आवश्यक नीति तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्तुत गरेको समेत जानकारी दिएकी छन् ।
उनले भूउपोग नीति तथा ऐन संसदमा नै विचाराधीन रहेको, ३६५ स्थानीय तहका भूउपयोग नक्सा तयार भएको, मालपोत प्रशासन आधुनिक सूचना प्रविधिमा सञ्चालन भएको जानकारी समेत गराएकी छन् ।









