काठमाडौं । चाबहिलमा युवाहरुबीच ग्याङ फाइट भएको छ । चाबहिलको पशुपति मावि छेउ भएको फाइटमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अशिम लामा, सरोज श्रेष्ठ, निश्चल आले मगर र सरोज राई छन् ।
उनीहरको फाइटबाट घाइते भएका विय बानियाँको अवस्था भने गम्भीर रहेको छ । बानीयाँको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
त्यसैगरी अर्का एक जना सुदीप घिमिरेको पनि छातीमा चक्कु प्रहार भएको छ । झगडाको कारण भने खुलेको छैन् ।









