काठमाडौं । आठघण्टा पछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण सुरु भएको छ । यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको उडान आठघण्टापछि सुरु भएको हो ।
यती एयरलाइन्सको नेपालगञ्जबाट यात्रु लिएर आएको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । त्यसपछि उठान र अवरतण बन्द गरिएको थियो ।
लामो प्रयासपछि साँझ ७ बजेटबाट भने उडान र अवतरण संचालन गरिएको बताइएको छ ।








