काठमाडौं । दुई दिनदेखिको लगातार वर्षाका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । त्यसैगरी ७ जना बेपत्ता भएका छन् ।
वर्षाका कारण काठमाडौं, रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी विपदमा परी ७ जना घाइते भएका छन् भने ४ जनाको उद्दार गरिएको छ । प्रभावित क्षेत्रमा प्रहरीले उद्दार कार्य जारी राखेका छन् ।
भोलीसम्म पनि पानी पर्ने भएकाले सतर्क रहन स्थानीयलाइ सरकारले सबैलाई आग्रह गरेको छ ।
यसका साथै जोखिम अवस्थामा रहेका वस्तीहरुलाई सुरक्षित ठाउँमा सार्न सम्बन्धीत निकायलाई अनुरोध समेत गरेको छ ।









