नेपालमै ‘पेन गन’ फेला पर्यो, प्रहरी नै चकित

कास्की । नेपालमै ‘पेन गन’ फेला परेको छ । बुधबार पोखरामा कलम जस्तै देखिने गन र त्यसमा लाग्ने सात राउन्ड गोली प्रहरीले बरामद गरेको छ ।

उक्त पेन गन र गोली पोखरा उपमहानगरपालिका २४ कास्कीकोट भई पोखरा ७ मा बस्नेदै आएका २४ वर्षका सागर रानाभाटको साथबाट कास्की प्रहरीले बरामद गरेको जनाएको छ ।

बिषेश सुराकीको आरधारमा प्रहरीले रानाभाटको कोठामा छापा मार्दा पेन गनसहित लागुऔषधसमेत बरामद भएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । पक्राउ परेका रानाभाटमाथी अवैध हातहतियार र लागुऔषध कारोबारी अन्तृगत कारवाही गरिने प्रहरीको भनाई छ ।

नेपालमा अपराधीक कृयाकलाप दिनै पिच्छे भइरहेका छन् । विभिन्न हातहतियार देखि अवैध बस्तुहरु पनि प्रहरीले बेलाबखत समातेकै छ । खुला सिमा नाकाका कारण त्यस्ता अवैध हात हतियारहरु नेपाल छिर्ने गर्छन । सिमा नाकामा बिशेष निगरानी र यस्ता अपराधीक कृयाकलापमा संलग्नलाई हदैसम्मको कारवाही गर्न सकेमा मात्रै यस्ता घटना न्युनिकरण भएर जानेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार