दैलेख । दैलेखमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात यात्रु घाइते भएका छन् ।
कर्णाली राजमार्ग अन्र्तगत दैलेखको आठबिस नगरपालिका ५ मा ना ५ ख ७२ ४३ नम्बरको बस दुर्घटना हुँदा आठबिस नगरपालिका ५ बस्ने ३३ वर्षीया दिर्जा माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान भएको उक्त दुर्घटनामा परी अन्य सात यात्रु घाइते भएका छन् । उनिहरुको स्थानीय मेडिकलमा उपचार भैरहेको छ । बस घुम्तिमा चिप्लेर दुर्घटना भएको बताइएको छ । बस सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।










