गुल्मी पहिरो अपडेटः मृत्यु हुनेको संख्या १० पुग्यो, २ जना बेपत्ता

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका ८ जनासहित मृत्यु हुनेको संख्या १० पुगेको छ । २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाका २ वटा वडामा गएराती आएको पहिरोले घर पुर्दा १० जनाको मृत्यु भएको हो ।

जसमा सत्यवति गाउँपालिका वडा नम्बर ४ मा एकै परिवारका ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अन्य दुई जनाको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । सोहि परिवारका एकजना बालक सन्दीप बिक भने भाग्यवस बाँचेका छन् । उनि मावली घरमा गएकाले बाँच्न सफल भएका हुन ।

त्यसैगरी, सत्यावती गाउँपालिकाको वडा नम्बर ३ ठुलोलुम्पेक कुसुङथलामा पहिरोले घर भत्किँदा ३० बर्षीय तिलकुमारी त्रामु र उनका छोरा १० बर्षका दर्शन त्रामुको मृत्यु भएको छ । पहिरोमा परी तिलकुमारीकी छोरीहरु १२ बर्षीया करिश्मा र १४ बर्षीकी धनी घाइते भएकी छन् ।
सोही वडामा रुद्र बहादुर बिकको घर पनि पहिरोले बगाएको छ । पहिरोमा परी ४० वर्षीय मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार गए रातिदेखि परेको अबिल वर्षाले घरमाथिबाट पहिरो जँदा घरमा सुतिरहेकाहरुको उनिहरुको मृत्यु भएको हो ।

उद्धारको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रामयमाझीसहितको टोली घटनास्थल पुगिसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेले बताए । गाँउमा ठुलो पहिरो गएकाले मृत्यु हुनेहरुको संख्या वृद्धि हुनसक्ने प्रहरीको भनाई छ ।

लिम्घा गाउँको उत्तरतर्फ रहेको भिरकुनामा गएराति पहिरोले तीन घर पुरेको हो। पहिरोले चन्द्र बिक, धनबहादुर विक र चन्द्र बिकको घर पुरेको स्थानीय सुरज शाहीले बताए।  त्यस ठाँउका भिरकुना, आरनटोला र भाडीटोला गरी तीन गाउँ पहिरोको उच्च जोखिममा छन् । तीन गाउँमा करिब १ सय ५० घर छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार