
काठमाडौं । सांसद बिरोध खतिवडाले विपदमा मृत्यु भएका परिवारलाई दिइने क्षतीपुर्ती रकममा एकरुपता हुनुपर्ने बताएका छन् ।
बाढि, पहिरो र डुबानमा परि मृत्यु भएका परिवारलाई दिइने क्षतीपुर्ती रकम प्रदेश सरकारपिच्छे फरक / फरक भएकाले त्यसमा एकरुपता हुनुपर्नेमा उनले जोड दिए ।
बुधबार बसेको प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद खतिवडाले भने, “प्रदेश / प्रदेशका जनताबीचमा किन विभाजन ? प्रदेश ३ ले मृत्यु भएका परिवारलाई एक लाख, प्रदेश १ ले दुई लाख र प्रदेश २ ले तीन लाख क्षतीपुर्ती दियो । यो विभेद गर्न हुन्छ ?”
विपदमा मृत्यु भएका परिवारलाई राज्यले दिने सान्त्वनास्वरुप राहात रकम प्रदेशपिच्छे फरक हुँदा जनतामाझ गलत सन्देश जाने सांसद खतिवडाको भनाई छ ।
“क्षतीपुर्ती रकम दिने बिषयमा एकरुपता ल्याउँन केन्द्र सरकारले पनि निर्देशन दिन सक्थ्यो, सबै मुख्यमन्त्रीहरुले एकपल्ट फोनमै भएपनि सल्लाह गर्न सक्थेनन् सांसद खतिवडाले प्रश्न गरे , यो प्रतिस्पर्धा गर्ने बिषय हो ? भोली मेरो प्रदेश ३ को मकनावपुरमा मृतकका परिवारले तीन लाख माग्यो भने मैले के जवाफ दिने ?”










