मुख्यमन्त्री राईले पत्रकारलाई भने, ‘कलम चलाउँदा हैसियतको ख्याल राख्नुस,

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारलाई समाचार लेख्दा आफ्नो हैसियतको ख्याल गर्न आग्रह गरेका छन् । प्रदेशसभाको अधिवेशन अन्त्य हुनुअघिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले मिडियाले प्रदेशसभाको नाम र राजधानीबारे अनावश्यक कुरा गरेर आफ्नो हैसियतको ख्याल नगरेको बताएका हुन ।

प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा समेत प्रदेशको नाम र राजधानीबारे टुङ्गो नलाग्दा त्यसबारे टिका टिप्पणी बाहिर आएक थिए । यिनै बिषयमा आएका समाचारहरुप्रति तिर्ब असन्तुष्टि जनाउँदै मुख्यमन्त्री राईले भने, ‘पत्रकारहरु सपना देखेर समाचार लेख्छन र स्तरहीन चरित्र प्रदर्शन गर्छन।’

मुख्यमन्त्री राईले प्रदेशसभाको रोष्टमबाटै पत्रकारसंग कड्किदै भने, ‘म मुख्यमन्त्रीमा नाम लेखाउन आएको होइन, प्रदेश बनाउन आएको हुँ । कलम चलाउँदा मर्यादित भएर, आफ्नो हैसियतको ख्याल राखेर लेख्न अग्रह गर्छु ।’ प्रदेश एकको नाम र स्थायी राजधानी नतोकी प्रदेशसभाको पहिलो अधिवेशन भने मंगलबार सकिएको छ । यस्तै अन्य प्रदेशको पनि अहिलेसम्म नाम र राजधानीबारे किचलो कायमै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार