‘नेपाल नेक्स्ट सुपरस्टार २०१८’ को उपाधी रसाईली र श्रेष्ठलाई

काठमाडौं । नेपाल नेक्स्ट सुपरस्टारको उपाधी धिरज रसाईली र करिस्ना श्रेष्ठले हात पारेका छन् ।
प्रतियोगिताको अन्य उपाधी विजेताहरुमा बेष्ट वाक बिधाको उपाधी धिरज रसाईली र विभूति तण्डुकार, बेष्ट पर्सनालिटि संक्षम संग्रैला र रोशिका दहाल, मोस्ट कन्फिडेन्ट पुष्पा नेपाली र दिवस लामिछाने रहेका छन ।

त्यसैगरि, मोस्ट फोटोजेनिक असिम अली र विभूति तण्डुकार, बेस्ट स्माईलमा कल्पना बिष्ट र सौरभ शाह, मोस्ट ट्यालेन्टमा दिपेश लामा र करिस्ना श्रेष्ठ, पब्लिक च्वाइस अवार्डमा गणेश खत्री र मनिषा लिम्बु रहेका छन् ।

त्यसैगरि, मोस्ट ह्यान्डसम तर्फ बिबेक जोशी, मोस्ट क्रियटिभ लोमन रेग्मी र करुना शाह, मोस्ट ब्यूटिफुल तर्फ पुजा एरी, मल्टिमिडिया च्वाईसमा दिपक बुढाथोकी र करिस्ना श्रेष्ठ, मोस्ट डिसिप्लेन अर्जुन विश्वकर्मा र गरिमा शर्माले अवार्ड हात पार्न सफल भएका छन् ।

कुल २५ जना प्रतियोगीहरुलाई १ महिनासम्म बिभिन्न तालिम तथा कार्यशालाहरु मार्फत प्रशिक्षण दिइएको थियो । प्रतियोगिताको संयोजन जवान रञ्जित र सुनिल गुभाजुले गरेका हुन् । कार्यक्रमको प्रमुख आतिथिमा सिनेकर्मी तथा चलचित्र निर्देशक अनिल पाण्डे र निर्णायकको भूमिकामा उत्तम बनेपाली, सुमित सिग्देल र शिवराज कार्की रहेका थिए ।

प्रतियोगिता सफलतापुर्बक सम्पन्न भएकाले आगामी दिनमा पनि ‘नेपाल नेक्स्ट सुपरस्टार’ लाई अझै भब्य रुपमा आयोजना गर्ने आयोजक मदन पौडेलले जानकारी दिए।

थ्रिडी नेपाल र एमपी इभेन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा रुस्लान ‘नेपाल नेक्स्ट सुपरस्टार’ २०१८ को प्रथम संस्करण भएको थियो । जसमा १३ पुरुष र १२ महिला प्रतिस्पर्धीहरु आफ्नो ट्यालेन्ट देखाएको थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार