
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका फेरि ठुला नेता पक्राउ परेका छन् । विप्लव समुहका काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले मंगलबार पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए।
उनका अनुसार भृकुटीलाई दिउँसो राजधानीबाट पक्राउ गरिएको हो । उनि पुर्व सभासद समेत हुन ।
भृकुटी विप्लव समूहको अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव हुन् ।
एकपछि अर्को आफ्ना केन्द्रिय नेताहरुलाई सरकारले दमनमा उत्रिदै पक्राउ गरेको भन्दै विप्लव समुहले कडा रुपमा बिरोध गर्दै आएको छ ।
केहि दिनअघि मात्रै विप्लव समुहका उपत्यका ब्युरो इञ्चार्ज माइला लामालाई प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको थियो ।
साउन ५ गते पक्राउ परेका लामा पुर्पक्षका लागि जेल गइसकेका छन् । लामाको पक्राउलाई लिएर सामाजिक संजाल खुबै बिरोध पनि भइरहेको छ ।
सरकारले विप्लव समुहसंग बार्ता प्रकृया सुरु गरेको भनेर गलत प्रचार गर्दै आफुहरुमाथि धरपकड र दमन गरिरहेको विप्लवको आरोप छ ।
सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरेको बिरोधमा विप्लवले भोली (बुधबार) नेपाल बन्दको आव्हान गरेको पुर्वसन्ध्यामा उसका केन्द्रिय नेता भृकुटीलाई पक्राउ गरेको छ ।
भोली विप्लवले गरेको बन्द आवहनलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका लगायत देशभरीकै सुरक्षा ब्यवस्था कडा पारिएको छ । राजधानी काठमाडौंका विभिन्न स्थानमा मंगलबार सांझदेखि नै सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती छ । बन्दका नाममा हुने विभिन्न आपराधिक घटनाक्रमलाई मध्यनजर गर्दै सुरक्षाका सम्पुर्ण अँगहरुलाई चनाखो र सर्तक अवस्थामा राखिएको बताइएको छ ।










