काठमाडौं । विश्वभर सबै भन्दा छिटो लोकपृयता कमाउन सफल बनेको टिकटक नै हो । भिडियो शेयरिङ एपका नामले चनिने टिकटकलाई बाइट डान्स कम्पनीले निर्माण गरेको हो ।
सोहि कम्पनीले अहिले टिकटकको सफलतासंगै स्मार्टफोन बजारमा ल्याउने तयारी गरिरहेको बिबिसिले उल्लेख गरेको छ ।
वर्तमान अवस्थामा ५० करोड भन्दा बढि टिकटकका प्रयोगकर्ता छन् ।
टिकटकले बालक, जवान र बृद्ध के सबैको मन जित्दै गइरहेको छ । टिकटकमा १५ सेकेण्डको भिडियो पोस्ट गर्न सकिन्छ । टिकटक अहिलेसम्म प्ले स्टोरमा १ सय करोडभन्दा धेरैपटक डाउनलोड भैसकेको छ ।
पछिल्लो समय टिकटक अभिनय र आफ्नो कला प्रर्दशन गर्ने महत्वपुर्ण माध्यमका रुपमा विकसित भइरहेको पाइन्छ । त्यसको प्रभाव नेपाल पनि राम्रै परेको छ । टिकटकमै आफ्नो नृत्य, अभिनय लगायतका क्षमता पैर्दशन गरेर कतिपय कलाकारीता क्षेत्रमा समेत प्रवेश गरिसकेका छन् ।
टिकटक निर्माण कम्पनी बाइट डान्ससँग टिकटकका अलावा अन्य केही भिडियो तथा समाचारमा आधारित एपहरुको पनि स्वामित्व रहेको छ । त्यसमा स्लेक, फ्लिपचार्ट, टोटिओ लगायतका रहेका छन् । तर ती मध्ये सबैभन्दा लोकप्रिय टिकटक नै बन्यो ।









