बलात्कारीलाई १६० बर्षको जेल सजाय

अमेरिका । अमेरिकामा एक बलात्कारीलाई जन्मकैद हुनेगरि १६० बर्ष जेल सजाय सुनाइएको छ । अमेरिकाको जर्जियास्थित एटलान्टामा बस्ने एक ३४ बर्षिय युवकलाई उक्त सजाय सुनाइएको हो ।

निकोलस डिओन नाम गरेका ति ब्यक्ती आफ्नै गर्लफ्रेण्डकी १० वर्षीया छोरीमाथि बलात्कार गरेको प्रमाणीत भएपछि अमेरिकी अदालतले यस्तो सजाय सुनाएको थियो । घटना भएको दुईबर्षपछि फैसला भएको घटनामा अदालतले उक्त बलात्कारलाई ज्यादै निन्दनिय कार्य भन्दै जघन्य अपराध ठहर गरेको छ ।

डिओनले बालिकालाई १० पटक बलात्कार गरेको आरोप थियो । ८ वर्षको उमेरमा बालिका पहिलोपटक बलात्कारमा परेकी थिइन् । बलात्कारबाट गर्भ रहन गएपछि ति बालिकाले गत वर्ष १२ वर्षको उमेरमा बच्चा जन्माएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार