पहिरो परी एकको मृत्यु २ बेपत्ता, ६ जना घाइते

बाग्लुङ । बाग्लुङमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् ।
जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलामा गएराती पहिरा जाँदा स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

पहिरोमा परी स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी र १२ वर्षीय छोरा प्रवीण बेपत्ता भएको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम नेपालीले जानकारी दिए ।

सहायक निरीक्षक नेपालीका अनुसार घटनाको जानकारी पाउने बित्तिकै प्रहरीको टोली घटनास्थल पुगेको र अहिले पनि हराइरहेका २ जनाको खोजिकार्य जारि छ ।

प्रहरीका अनुसार पहिरोमा हराइरहेकाको खोजीकार्य जारी छ । डेढ सय मिटर माथिबाट खसेको पहिरोले पाँच घरमा क्षति पुर्याएको छ ।

पहिरोमा परी अन्य ६ जना घाइते भएका छने । उनिहरुको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार