
काठमाडौं । कश्मिर समस्याका बिषयमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले डाकेकोे क्याबिनेट बैठक सकिएको छ ।
सोमबार बिहान साढे ९ बजे प्रधानमन्त्री मोदीको निवासमा सुरु भएको बैठक केहिबेर अघि सम्पन्न भएको हो ।
कश्मिरमा आएको समस्यालाई लिएर बसेको क्याबिनेट बैठकमा के निर्णय भयो भन्नेबारे अहिले कुनै कुरा सार्वजनिक गरिएको छैन । भारतिय संचारमाध्यमहरुका अनुसार क्याबिनेट बैठकले गरेका निर्णयबारे गृहमन्त्री अमित शाहले दुबै संसदलाई जानकारी गराउनेछन् ।
अहिले बिहान ११ बजे बस्न लागेको राज्यसभा र दिउँसो १२ बस्न लागेको लोकसभामा क्याबिनेट बैठकबारे गृहमन्त्रीले जानकारी दिनेछन् । राज्यसभाको बैठकका लागि गृहमन्त्री संसदमा पुगिसकेको बताइएको छ ।
गएरातीदेखि सनकै तनावपुर्ण स्थितीमा रहेको कश्मिरबारे कस्तो माहोल हुनेछ संसदमा त्यो केहिबेर मै थाहा हुनेछ ।
भारत प्रशासित कश्मिरमा विपक्षी मुस्लिम नेताहरुलाई गएरातीदेखि नजरबन्दमा राखिएको छ । राजधानी श्रीनगरमा मध्यरातिदेखि नेशल कन्फ्रन्सका नेता उमर अब्दुल्ला, पिडिपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री मेहबुबा बुफ्ती र कश्मिर पिपुल्क कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई घरमै नजरबन्द गरिएको छ ।
त्यस्तै सरकारले त्यहाँको इन्टरनेट तथा टेलिफोन सेवा समेत बन्द गरिदिएको छ । राजधानी श्रीनगरमा अनिश्चिनकालीन कर्फ्यु आदेश जारी नै छ । त्यहाँको स्थिती निकै भयपुर्ण र त्रासमय रहेको भारतिय संचारमात्तयमहरुले जनाएका छन् ।











